काठमाडौं एयरपोर्टको रनवेमा चाइना साउथर्न जहाजले टर्न लिन नसकेपछि…

काठमाडौं : चाइना साउथर्नको जहाज चीनको गोन्जाओ उडान भर्ने क्रममा रनवेको टर्निङ पेडमा घुम्‍न नसकेपछि केहीबेर उडानमा समस्या देखिएको छ।वर्षाका कारण दक्षिणबाट उत्तरतर्फ उड्न खोजेको जहाज कोटेश्वरतिरको रनवेको टर्निङ पेडमा पुगेपछि मुख घुमाउन समस्या भएको थियो।

त्यसपछि केही समय जहाज त्यही रोकिएको थियो। त्रिभुवन विमानस्थल कार्यलयका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार टोबार मेशिन ल्याएर मुख फर्काएपछि उडान भएको छ। सबा १ बजे जहाज उडिसकेको कर्णले अन्‍नपूर्ण अनलाइनलाई बताए।

सामान्यतया:नर्थबाट साउथ उडान भर्ने गर्छन् जहाजहरुले । तर बिहीबार पानीको कारण साउथबाट नर्थ उड्ने क्रममा यस्तो घट्ना भएको हो। जहाजलाई कुनै पनि क्षति नभएको कर्णले बताए। नेपालमा अड्किएका चिनियाँ यात्रु लिन यो जहाज काठमाडौं आएको हो। जहाजमा एक सय ८४ जना यात्रु थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *