कार दुर्घटनामा सञ्चार व्यवसायी भुर्तेलको मृत्यु, २ जना घाइते

नवलपरासी । बर्दघाट नगरपालिकामा कार दुर्घटना हुँदा केवल टेलिभिजन व्यवसायी हरिकृष्ण भुर्तेलको मृत्यु भएको छ। दुर्घटनामा भुर्तेलसँगै कारमा सवार अन्य २ जना घाइते भएका छन्। घाइते हुनेमा बर्दघाट नगरपालिका वडा नम्बर ४ का रामप्रसाद पाण्डे र गोकर्ण शर्मा छन्।

भुर्तेलले चलाएको बा १२ च २००९ नम्बरको कार बर्दघाटबाट त्रिवेणीतर्फ जाने क्रममा नगरपालिकाकाे वडा नम्बर १६ केराबारीमा बिहीबार साँझ दुर्घटना भएकाे हाे । कार सडक छेउमा रहेको विद्युतको पोलमा ठोक्किएको हो। दुर्घटनापछि स्थानीयले उद्धार गरी भुर्तेललाई बर्दघाट–२ चिसापानी अस्पतालमा, पाण्डे र शर्मालाई संजिवनी हेल्थ होममा पुर्याएका थिए ।

पाण्डे र शर्मालाई थप उपचारका लागि भरतपुर पठाएको जिल्ला प्रहरी सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। भुर्तेल बर्दघाट बजारमा लामो समयदेखि केवल टेलिभिजन व्यवसाय गर्दै आउनुभएकाे थियाे । उहाँ दाउन्ने स्पेस नेटवर्कका सञ्चालक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *