कालोबजारी गर्ने व्यापारी प्रहरी नियन्त्रणमा

गुलरिया, २६ चैत । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले सानोश्री बजार स्थित अप्सरा ट्रेडर्सका सञ्चालक नारायण लम्साललाई कालोबजारी गरेको आरोपमा पक्राउ गरेको छ ।

लकडाउनका समयमा बर्दिया जिल्लामा दैनिक खाद्य बस्तुको मूल्य आफूखसी बिक्री भई रहेको गुनासो आउन थाले पछि अनुगमनमा खटिएको डीएसपी योगेन्द्रकुमार खडकाको टोलीले लम्साललाई पक्राउ गरेको हो ।

लम्सालले चिनी बढी मूल्यमा बेचेको सूचनाको आधारमा पसलमा छापा मारेर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लम्सालले लकडाउनको समयमा चिनीमा कालोबजारी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश बास्तोलाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *