काेराेना युद्धका फ्रन्टलाइनरहरु, कोरोना भाइरस विरुद्धका बहादुर योद्धा

मानव समुदायले अहिले विश्वव्यापी रुपमा एउटा ‘युद्ध’ लडिरहेको छ, र यो युद्धको एक मात्र साझा शत्रु हो, कोरोना भाइरस। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अहिलेसम्म विश्वभर १४ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । तीन लाख ३० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।कोरोना भाइरसविरुद्धको युद्धमा विश्वव्यापी समन्वयको काम गरिरहेको छ डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले र विश्वभरका सरकारहरुले आ–आफ्नो स्तरबाट प्रयास जारी राखेका छन् । तर कोरोना भाइरस विरुद्धको विश्वव्यापी ‘युद्ध’ को ‘फ्रन्टलाइन’ (अग्रपंक्ति) मा छन् स्वास्थ्यकर्मीहरु ।

डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीहरुले विश्वभर दिनरात नभनी लगातार सेवा प्रदान गरिरहेका छन् । उनीहरुले बिरामीको ज्यान जोगाउनका लागि शरीरिक आरामलाई त्यागेका छन् ।गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीको इपिसेन्टर अहिले युरोपको इटाली बनेको छ । इटालीमा पाँच हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

इटालीका डाक्टर तथा नर्ससहितका स्वास्थ्यकर्मीले लगातार काम गर्नु परेको छ । यसले गर्दा उनीहरुमा थकानको अवस्था आएको छ । तर पनि सेवालाई निरन्तरता दिएका उनीहरुप्रति विश्वभरबाट आभार तथा कृतज्ञतासहितका सन्देशहरु सामाजिक सञ्जालमा पोस्ट भएका छ्न ।त्यसमाथि लगातारको सेवापछि स्वास्थ्यकर्मीको अवस्थाको तस्बिरले देखेपछि स्वास्थ्कर्मीप्रति सम्मान प्रकट गर्ने धेरै छन् ।

डा. निकोला स्गार्बी, इटालीको मोदेनाका बासिन्दा हुन् । ३५ वर्षका यी डाक्टरको तस्बिर अहिले सामाजिक सञ्जालमा विश्वव्यापी रुपमा सेयर भइरहेको छ।उनको जीवन मार्च १३ यता परिवर्तन भएको छ । इटालीमा महामारी फैलिएपछि उनी कोरोना भाइरसका बिरामीको सेवामा लागेका छन् ।

मार्च १३ मा उनले मोदेनामा रहेको सिभिल हस्पिटल अफ बाग्गिओवाराको आइसियूमा लगातार १२ घण्टा सेवा गरेपछि बेलुका ८ बजेतिर सेल्फी लिएका थिए । सो सेल्फी हाल विश्वभर स्वास्थ्यकर्मीको सेवाको प्रतिकका रुपमा सेयर भइरहेको छ ।व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) लगाएर लगातार सेवा गर्दा उनको अनुहारमा माक्ससहितका पिपिई सामग्रीको डाम बसेको र घाउ नै भएको देखिएको छ । डा. स्गार्बी जस्तै अरु स्वास्थ्यकर्मीको तस्बिरहरु पनि उस्तै देखिएका छन् ।

डा. स्गार्बीले सो सेल्फीका बारेमा भनेका छन्, ‘मैले सेल्फी लिनुका प्रमुख दुई कारण थिए । पहिलो, सो तस्बिर मेरी प्रियसीलाई पठाएर काम सकी घर फर्किँदै छु भन्न चाहन्थेँ । दोस्रो, मेरो एक वर्षकी छोरी छन्, उनी ठूलो भएपछि यो क्षणका बारेमा बताउन चाहन्थेँ ।’इटाली, चीन, अमेरिका, स्पेन, जर्मनीसहितका देशमा स्वाथ्यकर्मीहरुले लगातार काम गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *