किम जोङ उनले शुभकामना दिँदै दक्षिण अफ्रिकी राष्ट्रपतिलाई पठाए पत्र

सोल : उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई लेखेको पत्र उत्तरका मिडियाले प्रकाशन गरेका छन् । यही २७ अप्रिल आइतबार उनले लेखेको पत्र भोलिपल्ट सोमबार प्रकाशन भएको हो। नेता किमले दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति रामाफोसालाई सोही पत्र मार्फत बधाइ दिएका हुन् ।

किमले पत्रमा स्वतन्त्रा दिवसको अवसरमा बधाइ दिनकै लागि उक्त पत्र लेखेको बुझिएको छ । किम पछिल्लो समय अस्वस्थ भएको भन्दै मिडिया रिपोर्ट आइरहँदा अचानक उनले पत्र पठाएका हुन्। अप्रिल १५ मा उत्तर कोरियामा किमका हजुरबाको जन्मदिन नम नाएपछि किमबारे अनेक आशंक ागर्न थालिएको हो । दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई लेखेको पत्रमा किमले दुई देशबीचको मित्रता अनन्त रुपमा विस्तार र विकास हुने विश्वास व्यक्त गरेका थिए ।

स्वतन्त्रता दिवसको अवसरमा किमले यस्तो सन्देश दिएका हुन् । दक्षिण अफ्रिकामा स्वतन्त्रता दिवस मनाइँदै सोमबार सार्वजनिक बिदा पनि दिइएको छ । आइतबार मात्रै दक्षिण कोरियाली राष्ट्रपतिका सल्ला हकार मून चुंग इनले उत्तरका नेता किम ‘जीवीत र शकु सल’ रहेको प्रतिक्रिया दिएका थिए । यस्तै उनको विशेष रेल केही हप्तादेखि एक रेष्टुरेण्ट अगाडि रोकिराखेको तस्बिर पनि सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *