कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने

सरकारले सोमबार निधन भएका कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।

शेर्पाको किरिया खर्च समेत सरकारले व्यहोर्ने छ। हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको थियो उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

अक्सिजनबिना नै उनले १० पटक सगरमाथाको सफल आरोहरण गरेका थिए। त्यसै कारण उनलाई हिउँ चितुवाको नामले चिनिने गरिएको हो। उनी विगत केही वर्षदेखि बिरामी भएर थलिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *