भदौ ३१ काठमाडौँ – सांसद तथा नेकपा नेतृ रामकुमारी झाँक्रीले कुलमान घिसिङ्ग नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नभएको भए आज पनि देशमा १२ घण्टासम्मको लोड सेडिंग हुनसक्ने बताउनु भएको छ।
कुलमान घिसिङ्ग प्रमुख भएर आएपछि २१ घण्टासम्मको लोड सेडिंग अन्त्य भएको सत्य हो उँहाले राम्रो काम गर्नुभयो उहाँले गरेको कामको जनताले स्वावासी दिए उहाँको लोकप्रियता बढ्यो हामीले डाहा गरेर भएन उहाँकै नेतृत्वमा प्राधीकरणमा परिवर्तन भएको सत्य हो ।
सुनौलो नेपालसंग कुराकानी गर्दै सांसद झाँक्रीले भन्नुभयो पछिल्लो समय सरकारले कुलमान घिसिङ्गको पुननियुक्तिको सम्बन्धमा सरकारले जुन रबैया देखाउने संकेत गरेको छ त्यसले सरकारले कसको लागि काम गरिरहेको छ भन्ने छर्लंग भएको छ । सरकारका पछिल्ला नियुक्ति र पुननियुक्तिमा जुन गतिबिधी देखिए, हाम्रा नेताहरु, हाम्रा मन्त्रीहरुले अहिले जे जे कर्म गर्दै हुनुहुन्छ त्यो पार्टीलाई महँगो पर्ने देखिन्छ उहाँले भन्नुभयो ।
अहिलेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको कार्यकालमा पार्टी एकताबद्द सरकार पनि शसक्त र प्रभावकारी ढंगले चलाउनुहुन्छ भन्ने जुन खालको आमधारणा र पार्टी कार्यकर्ताको जुन किसिमको आशा र अपेक्षा थियो त्यसको उल्टो उहाँको देखिन थालेको छ। साढे बर्ष फर्केर हेर्दा उहाले जुन किसिमको कार्यशैली अपनाउनु भयो त्यसले गर्दा उहाँको मात्रै हैन पार्टीलाई ठुलो क्षति पुगेको त्यसको परिणाम आगामी निर्बाचनमा समेत पर्ने बताउनु भयो। हेर्नुहोस् सांसद तथा नेकपा नेतृ रामकुमारी झाँक्रीसंग सुनौलो नेपालका लागी सन्तोष निरौलाले गरेको कुराकानी