कुवेतका प्रधानमन्त्रीले भने- “यहाँ रहेका नेपालीलाई अप्ठ्यारो पर्न दिँदैनौं”

काठमाडौं : कुवेतले आफ्नो देशमा रहेका नेपालीलाई कुनै अ’प्ठ्यारो पर्न नदिने बचन दिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली सँगको टेलिफोन वार्ताका क्रममा कुवेतका प्रधानमन्त्री सबाह अल–खालिद अल सबाहले आफ्नो देशमा रहेका नेपालीहरुलाई कुनै अप्ठ्यारो पर्न नदिने बचन दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले को;रोना भाइरसको महामारी र त्यसले प्रवासी नेपालीमा पार्न सक्ने असरका विषयमा कुराकानी गर्न मंगलबार कुवेतका प्रधानमन्त्री अल सबाहसँग कुराकानी गरेका थिए । कुरा कानीका क्रममा कुवेतका प्रधानमन्त्रीले को;रोना संक्रमण देखिएका तथा आशंका गरिएका नेपालीहरुको उपचारमा पनि खुला दिलले सहयोग गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

कुवेतका प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी भएको जानकारी सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ट्वी’टर ह्यान्डलमा भनेका छन्, ‘आज (मंगल बार) दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोनमा मैले त्यहाँ कार्यरत नेपाली हरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखेँ । कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *