कुवेतमा थप पाँच नेपाली कोरोना संक्रमित, संक्रमितको संख्या ३६ पुग्यो

कुवेत । खाडी मुलुक कुवेतमा थप पाँच नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीकोसंख्या ३६ पुगेको छ।

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप २१५ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या २६ सय १५ पुगेको छ। थप एकसय पन्द्र सहित ६ सय ९३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । संक्रमित एकहजार ९ सय ६८ को सामान्य उपचारभैरहेको त्यसमध्ये ६० जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *