केपी ओली नेपालका राजनेता हुन्, उनलाई सबैले ‘बा’ भन्नुपर्छ – महेश बस्नेत

काठमाडौं नेकपाका केन्द्रीय सदस्य तथा युवासंघका इन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीले समाजका राजनीतिक विसंगति र विकृतिविरुद्ध खड्गप्रसाद चलाउन थालेको बताएका छन्।ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेशले वीरेन्द्रनगर आयोजना गरेको कार्यक्रममा बोल्दै देशको विसंगति तथा विकृतिविरुद्ध ओलीले खड्गको प्रसाद चलाउन थालेको बताएका छन् ।

बाबुराम भट्टराईले ओलीलाई खड्गप्रसाद भनेर भनेकोप्रति प्रश्न गर्दै बस्नेत भने, ‘केपी ओली के हुन्, केपी ओलीको नाम खड्गप्रसाद हो भने त्यो खड्गको प्रसादले राजनीतिक विसंगतिलाई टाउको काट्ने छ,’ उनले भने, ‘त्यो प्रसादले नेपाल नक्सा बढाउने छ । जनतालाई समृद्धि दिनेछ । जनताले त्यो प्रसादलाई वाहा वाहा भन्नेछन् ।’

देशमा ओली आएपछि तस्करको जालो तोडिएको, महिलाहिंसा बलात्कारका घटना रोकिएको, एसिड छ्याप्नेविरुद्ध कडा अध्यादेश आएको को बताए । ‘अख्तियारका प्रमुख रहेका दीप बस्नेत जेलको कालकोठरीमा छन् । जयप्रकाश गुप्ता जेलमा छन् । अफताफ आलम जेलमा छन् । नेकपाका नेता पनि जेलमा हाल्ने काम भएको छ,’ उनले भने, ‘भ्रष्टाचारी अपराधी जेलमा हालिएको छ । सरकारले अपराध नियन्त्रण गर्न लागेको छ । यो केपी ओलीले खड्गको प्रसाद चलाएर अभियान सुरु गर्नुभएको छ ।’

प्रधानमन्त्री ओली अस्वस्थ्य भएको बेला माधव नेपालले आराम गर्न नदिएको पनि बस्नेतले बताए । ओली नेपालको राजनेता भएका कारणले उनलाई सबैले ‘बा’ भन्नुपर्ने उनको भनाइ थियो । ‘केपी ओली नेपालको राजनेता भएका कारणले उहाँलाई सबैले ‘बा’ भन्नुपर्छ’ उनले भने । ओलीलाई ‘बा’भन्दा केही व्यक्तिहरूको टाउको दुख्ने गरेको उनले बताए ।

निर्वाचन हुँदैन भन्नेहरू निर्वाचन जितिँदैन भन्नेहरू रहेको बस्नेतले बताए । उनले कांग्रेसले आन्दोलनका नाममा चुनावी प्रचार गरिरहेको समेत बताए । ‘मैले नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, गगन थापालगायतलाई एयरपोर्टमा भेट्दा कहाँ जान लाग्नुभयो भनि सोधेको, उहाँले आन्दोलनमा जान लागेको भन्नुभयो,’ उनले भने, ‘मैले चुनावमा प्रचारमा जान लागेको की आन्दोलनमा भनेको उहाँले कुरा उही हो बुझे भै’गो भन्नुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *