केही–केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता छ – प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले देशको प्रगति हेरेर तर्सिएका केही–केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता रहेको बताएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्ता मानिसहरुले सरकार ढलिहाल्छ भनेर प्रचार गरिरहेको बताएका हुन । प्रधानमन्त्री ओलीले सरकार चलाइरहेको पार्टीभित्र, कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, कहिले छापेर सरकार ढलिहाल्छ भनेर प्रचार भैरहेको गुनासो गरे ।

सरकार नढल्ने प्रष्ट पार्दै ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन सरकारले फिर्ता ल्याउछ र लोकप्रियता बड्छ भनेर सरकार विरोधीहरु आत्तिएको दाबी गरे । प्रधानमन्त्री ओलीले देशलाई गलत बाटोमा जान नदिने बताए । आजै प्रधानमन्त्रीले घुन्सा फाउन्डेसन भवनको उदघाटन गरे ।

सो क्रमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गरिन । उनले घुन्सा आधारभूत विद्यालयलाई ५ लाख रुपैयाँ समेत प्रदान गरेकी छिन । घुन्सा जानुअघि प्रधानमन्त्री ओलीले उत्तरी चीनसँगको सिमानाका ओलाङ्चुङगोला र त्यहाँ केहि समयअघि स्थापना गरिएको बोर्डर आउट पोष्टको हवाई निरीक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *