के आफु मर्ने कुरा इरफान खानलाई पहिल्लै थाहाँ थियो ? नत्र किन यस्तो भयो !

काठमाडौं । चर्चित बलिउड अभनेता इरफान खान ७ जनवरी १९६७ मा जन्मेका थिँए । उनले २९ अप्रिल २०२० अर्थात आज मात्रै यो संसार छोडेका छन् । भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता थिए । २०११ मा उनले कला को क्षेत्रमा योगदान को लागि पद्म श्री सम्मान पाए जुन भारत को चौथो सर्वोच्च नागरिक सम्मान हो । उनी भन्थे, ‘मेरो दिमाग अक्सर मलाई भन्छ कि, ‘मलाई यो विमार छ र म केही महिनामा, एक वा दुई बर्षपछि मर्नेछु ।’

म आफ्नो दिमागले भनेको कुरा पुरा खारेज गरेर त्यसतर्फ मोडिन सक्छ, जसमा मलाई जिन्दगीले जीउनका लागि बाटो खुला गरिदिएको छ । र, मलाई जिन्दगीले धेरै मौका दिइरहेको छ । मलाई थाहा छ कि, चौतर्फी अन्धकारले घेरिएको बाटोमा म हिँड्दैछु । मैले देखेको छैन कि मलाई जिन्दगीले के दिइरहेको छ ?

‘तपाई सोच्न छाड्नुहोस्, योजना बनाउन छाड्नुहोस् । तब तपाईले जिन्दगीको अर्को रुप अनुभूत गर्न पाउनुहुनेछ । यही कारण मलाई लाग्छ कि मसँग अर्को कुनै शब्द छैन, सिवाय ‘धन्यवाद ।’ कुनै अर्को शब्द छैन । कुनै माग छैन । कुनै दोस्रो अनुरोध पनि छैन ।’आफुलाई निकै घातक एवं दुर्लभ क्यान्सर भएको थाहा भएपछि भारतिय अभिनेता इरफान खानले लन्डनको एक अस्पतालबाट एसोसिएटेड प्रेससँग कुराकानी गर्दै यसै भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *