कोटेश्वर र खुमलटारलाई वामदेवको सन्देश : म ओलीतिर गइसकेको छैन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई सन्देश पठाएर ‘केपी ओलीतिर नलागे’को बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयको निर्णयबाट पछि हट्ने सङ्केत पाएपछि मंगलबार नै वामदेवले सन्देश पठाएका थिए । र, आफू तटस्थ रहेको बताएका थिए ।

“उहाँले हिजो नेता नेपाललाईसाँझ सन्देश पठाएर आफू तटस्थ रहेको बताउनुभएको थियो । उहाँको कुरा कति विश्वसनीय हो ?” नेपाल निकट स्रोतले बाह्रखरीसँग भन्यो ।

मंगलबार साँझ नेता नेपाललाई मनाउने कोसिस गरेका वामदेव बुधबार बिहानै प्रचण्ड निवास पुगेका थिए । उपाध्यक्ष गौतम बिहान ९ बजे खुमलटार पुगेको प्रचण्ड स्रोतले जानकारी दियो ।

प्रचण्ड र नेता गौतमबीचको संवादबारे स्रोतले खुलाउन चाहेन ।शनिबारको सचिवालय बैठकमा नेता गौतमले साथ दिएपछि प्रधानमन्त्री ओलीको राजीनामा टरेको थियो ।स्थायी कमिटी बैठक नजिकिँदै जाँदा नेता गौतमले क्याम्प परिवर्तनको सङ्केत गरेको स्रोत बताउँछ । बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *