कोरोनाकाे लक्षण देखिएको दुई सातापछि मन्त्री घिमिरेको रिपोर्ट पुनः पाेजेटिभ

विराटनगर, २६ भदौ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुनः पोजेटिभ आएको छ । कोरोनाकाे लक्षण देखिएको दुई सातापछि बिहीबार गरिएको पीसीआर परीक्षणकाे रिपोर्ट आज पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएकाले पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनाएको छ । रुघाखोकी, जिउ दुख्ने लक्षणबाहेक डाइरिया, टाउको दुख्ने, ज्वरोजस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुअघिदेखि नै उहाँलाई सामान्य लक्षणहरु देखिएपछि भदौ १३ गते साँझदेखि होम आईसोलेसनमा रहनुभएको थियो । उहाँ होम आइसोलेसनमा आराम गरिरहनुभएको छ भने मन्त्रालयका काम पनि होम आइसोलेसनबाटै गरिरहनु भएको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *