कोरोनाको त्रासमा भोक-भोकै परिवार, साथमा क्यान्सर पीडित आमा

नयाँ दिल्ली, भारत । कोरोनाको त्रास र लकडाउनको प्रभावले भारतको राजधानी नयाँ दिल्लीमा नेपाली परिवार दयनीय अवस्थामा फेला परेको छ।
भाड़ाको सानो एकल कोठा जस्मा साना–साना बालबालिकासहित १७ जना एकै ठाउँमा बस्दै आएका छन् ।साथै ५५ वर्षीया क्यान्सर पीडित आमा पनि यही कोठामा बस्दा आमासहित साना बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर प्रभाव पर्ने डर बढेको परिवारको एक सदस्यले बताए ।

वर्तमान समयमा डिसीनेपाल भारतमा नेपालीका सूचना दिने र पीडित नेपालीहरुको समस्यालार्इ सम्बन्धित निकायसम्म पुर्याउने मुख्य स्रोत भइरहेका बेला उक्त पीडित परिवारका एक सदस्य वीर बहादुर बिकले फ़ोन मार्फ़त आफ्नो समस्याबारे हामीलाई जानकारी दिए ।आमाको क्यान्सरको समस्या छदै छ साथै घरमा खाद्यान सामग्री नहुनाले भोक–भोकै बस्न बाध्य भएको बताएका थिए ।

पीडितको प्राथमिक समस्या समाधान गर्नका लागि डिसीनेपाल अरुण गुरुङ र आमासु पौडेलको सहकार्यमा पहलले एवेंजल बाइबल चर्च दिल्लीका सदस्यहरु मार्फत पीडित परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराइएको छ।

एवेंजल चर्चले यस आपत–बिपतको घडीमा दिल्लीसहित भारतका विभिन्न राज्यलाई लक्षित गरी ‘कोभिड–१९ रिलीफ प्रोग्राम’ नामले नगद रकम सहित खाद्यान्न सामग्री सहयोग गर्दै आइरहेको छ ।

अरुण गुरुङले लकडाउन समाप्त हुनासाथ क्यान्सर पीडित आमाको उपचार गर्नका लागि थप आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन्।घरका प्रमुख आय स्रोत वीर बहादुर विक करोल बागको कपडा पसलमा काम गर्दै आएको भएपनि कोरोनाको समस्या र लकडाउनबी पूर्ण रुपमा बेरोजगार भएका छन् ।

वीर बहादुर भन्छन्, भएको रकम सकियो आमाको क्यान्सर समस्या जस्ताको तस्तै छ । अब बिहान बेलुकीको छाक टार्न पनि दाताहरुमा निर्भर छौँ ।

दिल्लीमा दिनप्रतिदिन कोरोनाको संक्रमण तिब्र गतिमा बढ्दै गएको छ । समस्या दिल्लीमा मात्रै सिमित नभई भारतभरी नै नेपाली पीडितहरुको संख्या दिन प्रति–दिन बढिरहेको छ।लकडाउन १७ मईसम्म लम्बिँदै जाँदा यहाँका निम्न वर्गका नागरिक र रोजगारीका लागि भारत आएका नेपालीहरुमा रोग भन्दा भोकमरीको त्रास बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *