कोरोनाको महामारी बीच सुरक्षित छ “होटेल मेची क्राउन”- मन्त्रीको रिपोर्ट नेगेटिभ

मेचीनगरको धुलावारीमा रहेको होटल मेची क्राउन यस्तो कोरोनाको महामारीको बीच पनि सुरक्षित रहको यसको कडा सुरक्षा मापदण्डले पुष्टि गरेको छ।यसको अनुभब  प्रवेशद्वार देखि नै गर्न सकिने छ । नेपाल सरकारद्वारा जारी गरेको सुरक्षा मापदण्डलाइ सतप्रतिशत पुरा गरेको यसका अध्यक्ष दिपक लेखक बताउछन् साथै यस होटेलमा आउनु हुने पाहुनाहरुलाई निर्धक्क आउनु हुन पनि आग्रह गरेका छन् ।

मन्त्रीको रिपोर्ट नेगेटिभ

होटल मेची क्राउनमा पाहुना आउँदा कन्ट्याक्ट ट्रेसिङमा परेका प्रदेश नं. १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश कुशियतको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मन्त्रीको स्वकीय सचिवालय स्रोतका अनुसार हिजो पी.सी.आर परिक्षण गरेको र आज विहान उनको पीसीआर रिपोर्ट आएको हो । मन्त्री कुशियत असोज २१ गतेको कार्यक्रममा भाग लिने क्रममा असोज २० गते बेलुका होटल मेची क्राउनमा आइपुगेका थिए । होटल मेची क्राउनने अपनाएको सुरक्षा मापदण्डलाइ लिएर मन्त्री कुसियैतले खुल्ला मनले प्रसंसा गरेका थिए साथै कोरोनाको महामारीको बिच पनि सरकारद्वारा जारी गरेको मापदण्ड अपनाएर होटल संचालन गरेकोमा उहाँले प्रोत्साहित गर्नु भएको थियो ।

असोज १९ गते नै कोरोना परीक्षणका लागि स्वाव दिएका जिसस प्रमुख पोर्तेललाई असोज २१ कोरोना संक्रमण भएको रिपोर्ट आएपछि मन्त्रीको कार्यक्रम स्थगित भएको थियो ।त्यसपछि मन्त्री कुशियत होम आइसोलेसनमा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *