कोरोनाको संकटसँग लड्न आयरल्याण्डका प्रधानमन्त्री चिकित्सक पेशामा फर्किने

काठमाडौं : आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकर को’रोना भाइरसको स’ङ्कटसँग लड्न मेडिकल पेशामा पुनः फर्किने भएछन्। भारतीय मूलका लियो राजनीतिमा सक्रिय हुनुअघि चिकित्सक थिए। उनी एक हप्ता आयरल्याण्डको चिकित्सक पेशामा काम गर्ने आयरल्याण्डको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आयरल्याण्डको समाचार संस्था आइरिस टाइम्सकाअनुसार वराडकरले स्वास्थ्य क्षेत्रमा काम गर्ने इच्छा अनुसार नै उनलाई अनुमती दिइएको जनाएको छ। को’रोना भाइरसवि’रुद्ध विश्व नै आ’क्रान्त भइरहेको बेला वराडकरको मद्दतले केही राहत हुने आइरिस समाचारसंस्थाहरुले जनाएका छन्।

४१ वर्षीय प्रधानमन्त्री सात वर्ष स्वास्थ्य सेवामा कार्यरत थिए । उनको परिवार नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ । सन् २०१७ मा आयरल्याण्डको प्रधानमन्त्री बनेका वराडकरको स्वास्थ्य क्षेत्रको प्रवेशले त्यहाँका स्वा’स्थ्यकर्मीको म’नोबल बढ्ने अ’पेक्षा लिइएको छ ।को’रोना भाइरसका कारण आयरल्याण्डमा १ सय ४९ जनाको मृ’त्यु भएको छ भने करिब पाँच हजार संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *