कोरोनाबाट दुबईमा एक नेपाली महिलाको मृत्यु

काठमाडौँ , कोरोना भाइरस संक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु कामदार एक नेपाली महिलाको ज्यान गएको छ । दुबईस्थित अल रफ्फा प्रहरी चौकीका अनुसार कोरोना भाइरस संक्रमणका कारण ४० वर्षीया एक नेपाली महिलाको ज्यान गएको हो ।ती महिला देवदह ६ वुटवलकी स्थानीय बताइएको छ । जानकारी अनुसार उनी विगत दश वर्षदेखि दुवईमा घरेलु कामदारको रुपमा कार्यरत थिइन् । पछिल्लो समय उनी दुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी बताइएको छ ।ती महिलाले मुटु र पेट दुखेको बताएपछि उनलाई अस्पताल लगिएको थियो ।

साथै अस्पतालले गए शुक्रबार नै ती महिलालाई मृत घोषणा गरिसकेको थियो तर, कोरोना संक्रमणकै कारण उनको ज्यान गएको भन्ने पुष्टि भएको थिएन ।यसैबीच दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको बताइएको छ ।

आवुधावीस्थित नेपाली दूतावासले यस विषयमा अनौपचारिक सूचना आएको जनाएको छ । हालसम्म यूएईमा कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या दुई हजार ७६ पुगेको बताइएको छ । आज (सोमबार) मात्रै तीन नेपालीमा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *