कोरोनाभाइरसका कारण वर्षैभरि विद्यालय बन्द

अमेरिकामा कोरोनाभाइरस फैलिन नदिनका लागि अधिकांश राज्यका गभर्नरहरूले राज्यभरिका विद्यालय एक वर्ष बन्द गर्न निर्देशन वा सुझाव दिएका छन्। विभिन्न राज्यहरूले सामाजिक दूरीका उपायहरू बिस्तारै हटाउने योजना सार्वजनिक गरेका छन् र संघीय सरकारले चरणबद्ध रूपमा देशलाई पुनः खोल्नका लागि नयाँ निर्देशिका जारी गरेको छ । तर कक्षाहरू स्प्रिङ सेमेस्टरमा हुने सम्भावना छैन । लगभग ३९ राज्यले विद्यार्थीहरूलाई घरैमा बस्न भनेका छन्।

‘यस समयमा कसरी विद्यालय सञ्चालन गर्ने अनि बालबालिकालाई विद्यालय लग्ने र ल्याउने काम सुरक्षित रूपमा कसरी गर्ने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन वा सल्लाह छैन,’ मासाचुसेट्स राज्यका गभर्नर चार्ली बेकरले भने । ‘त्यसैले विद्यार्थीहरू सुरक्षित रूपमा विद्यालय फर्किन सक्दैनन् र यो भाइरस अरूलाई सार्ने जोखिम कायमै छ ।’

अन्य राज्यहरूले विद्यार्थीहरूलाई दूरशिक्षाको माध्यमले सहायता गरिरहन स्थानीय अधिकारीहरूलाई सिफारिश मात्र गरेका छन् । यस्ता आदेश र सिफारिशले लगभग तीन करोड ८६ लाख विद्यार्थीलाई प्रत्यक्ष रूपमा प्रभावित पार्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *