कोरोनाभाइरस राहतका लागि टिकटकले साढे ३७ करोड डलर दिने

लोकप्रिय सामाजिक सञ्जाल याप टिकटकले कोरोनाभाइरस राहतका लागि साढे ३७ करोड डलर दिने भएको छ । महाव्याधिका बेलामा यो भिडियो–शेयरिङ याप अत्यधिक उपयोग गरिएको छ । घरैमा थुनिएर बसेकाहरूले बाहिरी विश्वसँग संवाद गर्न यो याप उपयोग गरिरहेका छन् ।

टिकटकले दिने रकम विभिन्न कार्यक्रम, स्वास्थ्यकर्मी र सामग्रीहरूबीत बाँडिनेछ अनि महाव्याधिको असर परेका टिकटक प्रयोगकर्ताहरूलाई पनि दिइनेछ । संगीतकार, कलाकार, शिक्षक र परिवारलाई रकम दिइने भएको हो ।

यसबाहेक थप १० करोड डलर साना तथा मध्यम व्यापारका लागि ऋणका रूपमा दिइनेछ । त्यसो गर्दा महाव्याधि नियन्त्रणमा आएपछि कम्पनीहरू फेरि आफ्नो खुट्टामा उभिन सक्छन् भन्ने आशा गरिएको छ ।

कोरोनाभाइरसले मानिसलाई संक्रमित गर्ने र ज्यान लिने काम त गरिरहेकै छ, धेरै पसल तथा कारोबारहरू पनि बन्द गराएको छ । अर्थतन्त्र सामान्य नहुन्जेल त्यस्ता कम्पनी तथा व्यापारलाई सहायता गर्ने गरी टिकटकले फन्ड दिन लागेको हो । टिकटकका अध्यक्ष एलेक्स झुले टिकटक समुदायको काम नै एकअर्कालाई हेरचाह गर्ने र सहयोग गर्ने हो भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *