कोरोनाभाइरस संक्रमित दुई चिनियाँ चिकित्सकको छाला कालो

कोभिड–१९ लागेर गम्भीर बिरामी भई मरणासन्न अवस्थामा पुगेका दुई चिनियाँ चिकित्सकको छाला कालो भएको छ । डा यी फान र डा हु वेइफङ दुवैलाई जनवरी महिनामा वुहान सेन्ट्रल हस्पिटलमा रोगीहरूको उपचार गर्ने क्रममा कोरोना लागेको थियो ।

भाइरसले उनीहरूको कलेजो क्षतिग्रस्त बनाएकाले हर्मोनमा असन्तुलन आएर छालाको रंग बिग्रिएको उनीहलाई उपचार गर्ने चिकित्सक झानले चिनियाँ सञ्चारमाध्यमलाई बताए । यी दुवै चिकित्सकलाई जनवरी १८ मा कोरोना संक्रमण भएको पत्ता लागेको थियो ।

मुटुरोग विशेषज्ञ डा यीलाई ईसीएमओ नामक लाइफ सपोर्ट मशिनमा ३९ दिनसम्म राखिएको थियो । ईसीएमओ केही नलागेपछि उपयोग गरिने लाइफ सपोर्ट उपकरण हो जसले शरीरबाहिर रगतमा अक्सिजन पठाएर मुटु र फोक्सोको काम आफैं गर्छ ।

सोमवार अस्पतालको शय्याबाट सीसीटीभीसँग कुरा गर्दै डा यीले आफू लगभग निको भएको बताए । आफू सामान्य रूपमा खाटमा चल्न सक्ने तर एक्लै हिँड्न चाहिँ नसक्ने बताए ।्उनलाई सामान्य वार्डमा राखेर उपचार गरिँदैछ ।

डा हु चाहिँ कमजोर स्वास्थ्यका कारण बोल्न सक्ने अवस्थामा छैनन् । तर उनले आफूलाई उपचार गर्ने डा झानप्रति कृतज्ञता व्यक्त गर्न हात मिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *