कोरोनालाई जितेका तीन जनाको रिपोर्ट पोजिटिभ देखिएपछि फेरी अस्पताल भर्ना

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को उपचारपछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट फेरि पोजिटिभ देखिएपछि उनीहरुलाई पुनःअस्पताल भर्ना गरिएको हो ।

यसरी अस्पताल भर्ना हुनेमा वैशाख ११ गते शुक्रराज ट्रपिकल तथा सरुवारोक अस्पताल, टेकुबाट डिस्चार्ज भएका ५८ वर्षीय पुरुष र वैशाख १४ गते वीरगञ्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ र पर्साका ४४ वर्षीय पुरुष छन् । उनीहरुको विषयमा अध्ययन भइरहेको प्रवक्ता देवकोटाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *