कोरोनाले भारतमा ४३७ ले ज्यान गुमाए, संक्रमित १३ हजार ३ सय ८७

नयाँ दिल्ली, ५ बैशाख । भारतमा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या १३ हजार ३ सय ८७ पुगेको छ । शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङ कार्यक्रममा अहिलेसम्म ४३७ जनाको संक्रमणबाट मृत्यु भएको बताएको छ । त्यस्तै अहिलेसम्म १ हजार ७४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ नयाँ बिरामी थपिएका छन् भने सोही अवधिमा २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल १ देखि बढ्दै गएको कोरोना संक्रमणको वृद्धिदरमा भने ४० प्रतिशतले कमी आएको छ ।

प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सचिव कोरोना जाँचका लागि ५ लाख किट प्रदेशहरुमा पठाइएको जानकारी दिए । मन्त्रालयले अहिलेसम्म देशमा अत्यावश्यक वस्तु र सेवाको स्थिति नियन्त्रणमै रहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *