कोरोना परीक्षणको दायरा विस्तार गर्न कांग्रेसको सुझाब

नेपाली कांग्रेसले कोरोना जोखिमको सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रूपमा विस्तार गर्नुपर्ने औँल्याएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले साेमबार विज्ञप्ति जारी गर्दै सरकारले पर्याप्त स्वास्थ्य सामग्री र राहतको बन्दोबस्त गरेर परिस्थितिलाई असहज बन्नबाट रोक्नैपर्ने बताएका हुन् । त्यसैगरी विज्ञप्तिमा कुनै पनि व्यक्तिको आस्था र भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुने सचेत गराइएको छ ।

‘आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *