‘कोरोना पोजेटिभ’ आठजनालाई बीपी प्रतिष्ठानको आइसोलेसनमा राखिने

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीहरुलाई धरानस्थित बीपीकोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिने भएको छ। उनीहरुलाई उदयपुरबाट एम्बुलेन्समा राखेर आइसोलेसनमा राखेर उपचार गर्न धरान लगिएको हो।

उदयपुरका जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीका पीसीआर परीक्षणमा कोरोना पोजेटि देखिएपछि बीपी प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार थालिने बताए।

विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब धरानमा लगिएको छ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित भुल्केमा नेपाली सेनाले सोमबार मात्रै १५२ जनाको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा ल्याइएको छ।त्रियुगा नगरपालिकाको मस्जिदमा रहेका १३ जनालाई यसअघि नै कोरोना भाइरस भएको पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *