कोरोना फैलिएपछि विश्वका नेताहरू गर्न थाले नमस्ते

संसारभरि कोरोनाभाइरस फैलिन थालेपछि हात मिलाउनुको साटो मानिसहरू नमस्कार गर्न थालेका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले नमस्ते गरेको देखिएको छ । उनले अब सबै समकक्षीहरूसँग हात मिलाउनुको साटो नमस्तेका साथ अभिवादन गर्ने घोषणा गरेका छन् । कोरोनाका कारण फ्रान्समा ४८ जनाको मृत्यु भइसकेको छ भने २२ सय ८१ जना संक्रमित छन् ।

इजरायलका प्रधानमन्त्री नेतान्याहुले अघिल्लो साता प्रेस सम्मेलनमा नमस्ते अनुसरण गर्न भनेका थिए । उता लन्डनको मार्लबोरो हाउसमा कमनवेल्थ रिसेप्सनमा प्रिन्स चार्ल्सले त्यहाँ उपस्थित अतिथिहरूलाई हात जोडेर अभिवादन गरे । उनले नमस्ते गरेपछि उपस्थित अन्यले पनि नमस्ते गरे । बेलायतमा कोरोनाका कारण आठजनाको मृत्यु भइसकेको छ भने ४५६ जना संक्रमित छन् ।

नेदरल्यान्ड्सका राजा विलियम अलेक्जेन्डरले पनि इन्डोनेसियाको जकार्ता पुग्दा उपस्थित नेताहरूसँग हात नमिलाएर नमस्ते गरे । नेदरल्यान्ड्समा भाइरसका कारण पाँचजनाको मृत्यु भइसकेको छ भने ५०३ जना संक्रमित छन् । जर्मनीमा मन्त्रिपरिषद्को बैठकमा चान्सलर एंगेला मर्कलले गृहमन्त्रीसँग हात मिलाउन खोज्दा मन्त्रीले हात दिएनन् । त्यसपछि मर्कल हावामा हात हल्लाएर बैठकमा बसिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *