कोरोना भाइरसबाट अमेरिकामा थप एक नेपालीको ज्यान गयो

काठमाडौं, १७ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा थप एक जनाको मृत्यु भएको छ । इनोभा फेयर ओक्स अस्पतालमा २० दिन अघिदेखि उपचाररत भर्जिनिया राज्यको सेन्टरभिलमा बसोबास गर्दै आएका महेश पन्थीको निधन भएको हो ।

उनको उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो । पन्थी १० बर्षअघिबाट आमा, श्रीमती, एक छोरा र एक छोरीसँग अमेरिका बस्दै आएका थिए । त्यहाँको स्थानीय भलिबल खेलाडीसमेत रहेको खुलेको छ ।अमेरिकामा हालसम्म १० लाख ३५ हजार ७७५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा ५९ हजार २६६ को ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *