कोरोना भाइरसबाट विश्वमा एकैदिन १२ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, १८ मंसिर । कोरोना भाइरसका कारण विश्वमा एकैदिन १२ हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर फैलिएर संक्रमण दर तीव्र रुपले बढ्दा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको हो ।

पछिल्लो २४ घण्टामा १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ । यो संख्या एकै दिन मृत्यु हुनेको अहिलेसम्मकै उच्च हो । हालसम्म विश्वभर १४ लाख ९८ हजार २९६ जनाको मृत्यु भएको छ ।कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ८३ लाख नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *