कोरोना भाइरसले कुनै जात, धर्म, रंग, भाषा अथवा सीमा चिन्दैन : मोदी

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेल कोरोना भाइरसले कुनै जात, धर्म, रंग, भाषा अथवा सीमा नचिन्‍ने बताएका छन् । उनले आइतबार लिंक्डइनमा एक सन्देश पोस्ट गर्दै भनेका छन्, “जात, धर्म, रंग, भाषा, सीमा र भाइचाराको प्रधानतालाई चिन्दैन । त्यसकारण यस परिस्थितिमा सब एक भएर यसविरुद्ध लड्न अपिल गर्दछु ।”

उनले कोरोना भाइरसले सबैलाई समान रुपमा असर पार्ने बताए । प्रधानमन्त्री मोदीले व्यावसायिक जीवनको रुपरेखा परिवर्तन गरेको बताए । उनले भने, “मानिसहरुको घरमै कार्यालय स्थापना गरिएको छ ।

घरमै इन्टरनेट र नयाँ बैठक कक्ष बनेको छ ।” भारतमा कोरोना संक्रमितको संख्या १६ हजारभन्दा बढी पुगेको छ भने ५२० जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १३ सयभन्दा बढी संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *