कोरोना भाइरस चीनकाे ल्याबमा बनेको भन्ने अमेरिकी दाबीलाई अष्ट्रेलियाले खारेज गर्‍यो

एजेन्सी, २३ वैशाख । अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको हुन सक्ने दाबी गर्दै आएको छ । तर उसको यस्तो दाबालाई अस्ट्रेलियाले अस्वीकार गरेको छ । अष्ट्रेलियाले चिनियाँ ल्याबमा कोरोना भाइरस बनेको भन्नेमा कुनै सत्यता नरहेको भन्दै अमेरिकी दावीलाई अस्वीकार गरेको हो ।

कोरोना भाइरस प्रयोगशालामा बनेको भन्नेबारेको अनुसन्धानमा अष्ट्रेलियाले जहिले पनि अमेरिकालाई सहयोग गरिरहेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन् कि उनी यस अनुसन्धानमा अमेरिकासँग मिलेर काम गरिरहेका छन् तर उनी अमेरिकी दाबीलाई समर्थन गर्ने पक्षमा छैनन् ।

उनी भन्छन् ‘हामी यी सम्भावनाहरुलाई पूर्ण रुपमा खारेज गर्न सक्दैनौं । तर अहिलेसम्म यही सम्भावना बलियो छ कि यो भाइरस चीनको वन्यजन्तु (मासु) बजारबाट आएको हो।

यस अघि अमेरिकी विदेश मंत्री माइक पोम्पीओले चीनको प्रयोगशालामा कोरोना भाइरस तयार भएको दाबी गरेका थिए । चीनले उतिबेलै यस दाबीलाई बकवास भनेर प्रतिक्रिया दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *