कोरोना भाइरस संक्रमणको प्रभाव देखिएपछि पीसीआर मेसिन सुदूरपश्चिम प्रदेशमा पुग्यो

कञ्चनपुर, २६ चैत । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको प्रभाव सुदूरपश्चिम प्रदेशका कैलाली कञ्चनपुरमा यसको प्रभाव देखिएपछि नेपाल सरकारले एक थान रियल टाइम पीसीआर मेसिन सुदूरपश्चिम प्रदेशमा पठाएको छ । एकै पटक धेरैजनाको कोरोना भाइरस परीक्षण गर्न मिल्ने रियल टाइम पीसीआर मेसिन पठाएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा रहेको उक्त मेसिन बुधबार बिहानै नेपाली सेनाको स्काइ ट्रकमा राखेर धनगढी पु¥याइएको हो ।

चार घण्टाको अवधिमा ९६ वटा र एक दिनमा ४०० वटा नमूनाको स्वाब परीक्षण गर्न मिल्ने क्षमताको रियल टाइम पीसीआर मेसिन पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीमा जडान गरी बुधबार देखि नै परीक्षणको काम थालिने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा संक्रमणको जोखिम उच्च देखिपछि परीक्षणको दायरा समेत बढाउनु पर्ने भएकोले स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपंक्षी विकास र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयसंग समन्वय गरेर उक्त मेसिन थप गरिएको प्रतिनिधिसभा सदस्य डा। भट्टले बताउनु भयो ।

उक्त मेसिनबाट धनगढीमा परीक्षण शुरु गरेपछि यसअघि त्यहाँ रहेको मेसिन कञ्चनपुरको महाकाली अस्पतालमा जडान गरेर परीक्षणको व्यवस्था मिलाउने विषयमा स्वास्थ्य मन्त्रालयसंग छलफल भइरहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *