कोरोना महामारीबाट मुक्त हुन अझै धेरै समय लाग्छ : डब्ल्यूएचओ

काठमाडौं, १६ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाले निम्त्याएको महामारीबाट मुक्त हुन अझै धेरै समय लाग्ने जनाएको छ ।डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससका अनुसार कोरोना भाइरस महामारीको अन्त्य गर्न अझै धेरै टाढा छ ।

कोरोना भाइरसले गर्दा अहिले मानिसहरुले सामान्य स्वास्थ्य सेवा समेत पाउन कठिन भएको छ । बालबालिकाहरूले समयमा नै खोप ल‍गाउन पाएका छैनन्। यस्तो समस्या विशेष गरी गरीब देशमा रहेको डब्ल्यूएचओको प्रमुखले बताएका छन् ।निकै लामो दूरी पार गर्नसंगै थुप्रै काम गर्न बाँकी नै रहेको गेहब्रेयससले एक पत्रकार सम्मेलनमा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *