कोरोना लागेको भन्दै छोराहरुलाई घरमै छाडेर भागे बुवाआमा !

भारतमा पछिल्ला केही दिनमा कोविड संक्रमितको संख्या बढ्न थालेको छ। यससँगै भारतमा सोमवारसम्म संक्रमितको संख्या ४ हजार ५५३ जना पुगेका छन्। सोमवार रातिसम्म यसबाट ज्या-न गुमाउनेको संख्या ११८ पुगेको छ। संक्रमितहरूमध्ये उपचारका क्रममा ३२८ जना उपचार गरी घर फर्किएका छन्। अरू ४ हजार १०७ जना भने उपचाररत रहेका छन्। उनीहरू केही अस्पताल त केही आफ्नो घरमै निगरानीमा रही उपचार गराइरहेका छन्।

भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुस गरिएको छ। भारतका अरू राज्यको तुलनामा महाराष्ट्रमा संक्रमित बढेका छन्। महाराष्ट्रमा मात्र ६९० जना संक्रमित भेटिएका छन्। त्यसैगरी त्यसपछि सबैभन्दा धेरै विरामी तमिलनाडुमा छन्। त्यहाँ ५७१ जना विरामी छन् भने नयाँदिल्लीमा ५०३ जना विरामी रहेका छन्।

भारतमा दुई सातादेखि देशैभर लकडाउन घोषणा गरिएको छ। जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको छ। दैनिक नयाँ संक्रमित थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्बिने सम्भावना देखिएको छ। लकडाउन र कोरोनाको माहामारी भैरहेका बेला भारतको इन्दोरमा एउटा अनौठो घटना घटेको छ ।

भारतको मध्य प्रदेशस्थित इन्दोरमा एक परिवारका दुई छोरालाई कोरोना संक्रमण देखिएपछि आमबुवा घरबाट भागेका छन् । भाग्ने आमाबुवाले आफूलाई प्रहरी प्रशासनले क्वारेन्टीनमा राख्ने हो कि भन्ने पीरले शनिवार राति घर छोडेर भागे । उनीहरू पैदलै हिँडेर इन्दोरबाट उज्जैनस्थित महिलाको माइती पुगे । तर माइतका मानिसले पनि उनीहरूलाई घरमा पस्न दिएनन् ।

पछि उनीहरूले चिनेको एकजनाले प्रहरी कार्यालय पुर्‍यायो । बूढाबूढी दुवैलाई कोरोनाको लक्षण देखिएको तर स्वास्थ्य जाँच नगराई इन्दोरबाट भागेका थिए । । यो दम्पती बस्ने घर र इलाका प्रहरीले सीलबन्दी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *