कोरोना विरुद्धको जनचेतना र गतिविधिमा सहयोग गर्न मेयरले दिए प्रहरीलाई आफू चढ्ने गाडी

गैडाकोट : गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आफूले चढ्दै आएको गाडि इलाका प्रहरी कार्यालय गैडाकोटलाई दिनुभएको छ । कोरोना विरुद्धको जनचेतना र गतिविधिमा प्रहरीलाई सहयोग गर्न र स्वास्थ्यका कार्यक्रम द्रुत रुपमा संचालन गर्न आफू मोटरसाइकल चढेर काम गर्ने भन्दै उहाँले संकटको अबधिभर गाडि सहयोग गर्नुभएको हो ।

जनताको लागि निर्वाचित भएर जनताको सेवाका लागि आफूलाई समर्पित गराउँदै आएको बताउँदै नगर प्रमुख पौडेलले जनप्रतिनिधिको दायित्वस्वरुप उक्त गाडि प्रहरीलाई प्रयोग गर्न दिएको बताउनु भयो। हाइवे भएका कारण लगातार जस्तो गस्ती गर्नुपर्ने तर पर्याप्त सवारी अभाव हुँदा त्यसको प्रभावकारीता कम पर्ने भन्दै उहाँले सवारी साधन नै सहयोग गरेका बताउनुभयो ।

नगरप्रमुखले गाडि दिएपछि गस्ती वढाउन र कोरोना संक्रमण फैलन सक्ने गरी भएका भीडभाड हटाउन देखि सरकार र नगर पालिकाको निर्देशन कार्यान्वयनमा सहज भएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *