कोरोना संक्रमित चितवनकी वृद्धाको डिस्चार्ज

चितवन । कोरोना संक्रमित चितवनकी ६३ वर्षीया वृद्धा डिस्चार्ज भएकी छन् । भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि बुधबार डिस्चार्ज भएकी हुन् ।

राप्ती नगरपालिका–८ की ती वृद्धाका २७ वर्षीय छोरालाई पनि कोरोना पोजेटिभ देखिएको थियो । उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । वृद्धालाई दुई हप्ता घरमै क्वारेन्टाइनमा रहनेगरी घर पठाइएको बताइएको छ ।

दुवै आमाछोरा गत चैत ३ गते बेलायतबाट नेपाल आएका थिए । वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना पोजिटिभ देखिएको थियो।नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ३५ पुगेको छ। हालसम्म नेपालमा २१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *