कोरोना संक्रमित ९८ वर्षका वृद्ध र उनका ८५ वर्षकी श्रीमती उपचारपछि घर फर्किए

चीनमा कोरोनाबाट संक्रमित भएको ९८ वर्षका वृद्ध हान तियान्की र उनका ८५ वर्षकी श्रीमती अस्पतालबाट डिस्चार्ज भएका छन्। उपचारपछि स्वस्थ भएका उनीहरु बिहीबार घर फर्किएको चाइना डेलीले जनाएको छ। हान तियान्की चिनियाँ खगोलशास्त्री भएको बताइएको छ।

कोरोनाका कारण बिरामी परेपछि उनीहरुलाई गत फेब्रुअरी २४ मा वुहानको अस्पतालको आइसीयूमा राखिएको थियो। यतिबेला दुवैको अवस्था सामान्य भएको पिपुल्स डेलीले जनाएको छ। चीनमा पछिल्लो समय कोरोनाको प्रभाव घट्दो छ। गएको २४ घण्टामा चीनमा ११ को मृत्यु हुँदा १८ संक्रमित थपिए। यो दर अन्य देशको भन्दा न्युन हो।

कोरोना भाइरस ‘कोभिड–१९’ का कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ।दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृतकको संख्या बढ्दै गएको हो। हालसम्म १ लाख २६ हजार ४८३ जना कोरोनाबाट संक्रमित भेटिएका छन्। चीनमा हालसम्म ८० हजार ७९६ संक्रमित भेटिएका छन्। त्यहाँ ३ हजार १६९ को मृत्यु भएको छ भने ६२ हजार ८०९ उपचारपछि स्वस्थ बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *