कोरोना सारेको भन्दै प्रेमीले गरे प्रेमिका डाक्टरको हत्या

इटालीमा एक वार्ड बोयले कोरोना भाइरस संक्रमित गरेको आरोपमा आफना डाक्टर प्रेमिकाको हत्या गरेका छन् । ती दुबै इटालीको सिसलीको मेसिनामा काम गरिरहेका थिए तर कारोना भाइरस फैलिएपछि स्वास्थ्य सेवामा खताइएको थियो । २८ बर्षिय डि पेसले मंगलबार प्रहरीलाई फोन गरी आफु आफनै प्रमिकाको हत्या गरेको जानकारी दिएका थिए ।

सिसलीका प्रहरी घटनास्थल पुग्दा उनले आफ्नै नाडी काटिसकेका थिए । उनलाई लोरेनाको सहयोगीहरुले बताए । उनले प्रहरीलाई भने,’ मैले उसलाई मारेँ, किनभने उनले मलाई कारोना भाइरस दिएकी थिइन् ।’ तर प्रारम्भिक जाँचमा उनीहरु दुबै कोरोना संक्रमित नभएको प्रहरीले जानकारी दिएको छ । त्यसैले पेसको बयान संस्कास्पद रहेको प्रहरीले बताए ।

यसबीच यस घटनालाई लिएर इटालीमा सामाजिक सन्जालमा ब्यापक आक्रोस देखिएको छ । लोरेनले आफनो मृत्यु हुनु केही दिन अघि यस महामारीका क्रममा मर्ने ४१ डाक्टरका बारेमा पहिला पोस्ट गरेका थिए । इटाली कोरोना भाइरसबाट विश्वमा सबैभन्दा प्रभावित देश मध्यमा पर्छ । यहाँ १४ हजार ६ सय ८१ ले ज्यान गुमाइसकेको छ भने १ लाख २० हजारको हाराहारीमा संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *