क्रिश्चियन धर्म मान्नेलाई कोरोनाले नछुने भन्दै भ्रम फैलाउने एक प्रहरी नियन्त्रणमा

पोखरा, ११ चैत । क्रिश्चियन धर्म मान्नेलाई कोरोना भाइरस अर्थात कोभिड–१९ ले नछुने भन्दै भ्रम फैलाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जुम्लाका केशवराज आचार्यलाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनले यशुका अनुयायी बने कोरोना भाइरसले नछुने भ्रम फैलाएको बताइएको छ । उनी हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका छन् ।

प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यले यो भन्दा अगाडि फुकेरै मन्त्र र रूमालबाट पायल्स निको बनाइदिने प्रवचन दिएको र अहिले भने यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने भनदै भ्रम फैलाएपछि नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा लिएका आचार्यमाथि मुद्दा चलाउने प्रहरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *