खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब अमेरिकी डलर ऋण लिने

काठमाण्डौ – अमेरिकाले यो वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब अमेरिकी डलर ऋण लिने भएको छ । कोरोनाका कारण सरकारी स्रोतले सरकारी खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब डलर ऋण लिन लागेको हो ।

यो ऋण अमेरिकी इतिहासकै धेरै रहेको बीबीसीले जनाएको छ । यो सन् २००८ को आर्थिक मन्दीका बेला लिइएको सापटीभन्दा पाँच गुणा धेरै हो । ऋण रकमले कोरोना भाइरसको रोकथाम नियन्त्रण र राहतको खर्च धान्ने छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले स्वास्थ्य क्षेत्रमा खर्बौै रुपैयाँ खर्च गरिरहेको छ । अमेरिकाको अहिलेको राष्ट्रिय ऋण २ सय ५० खर्ब डलर छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *