खाद्यन्न बोक्न पास लिएर मदिरा ओसारपसार

पर्वत । खाद्यान्न बोक्नका लागि पास लिएर मदिरा ओसार्दै गरेको बोलेरो जिप प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले बुधबार चेकजाँज गर्ने क्रममा ग १ ज ७४५४ नम्बरको बोलेरो जिप नियन्त्रणमा लिएको हो ।

जिपबाट ५ वटा कार्टुनमा रहेको पानस नामक अवैध मदिरा १ सय ५० र फाटफट नामक १ सय ५० गरी ३ सय बोतल अवैध मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संभावित संक्रमण रोक्न सरकारले लगाएको लकडाउनको अवस्थामा उक्त सवारीले अवैध मदिरा ओसारपसार गरेकाले तत्काल नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । लकडाउनको बेला अनुमतिबिना चलाइएका साना ठूला गरी १६ वटा सवारी साधानको चाबि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लकडाउन उलंघन गर्ने सवारी साधनलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *