खानेपानीको अभावमा काकाकूल ब्रोसवाङ

काठमाडौँ : रोराड गापा २ (साविक महादेव स्थान ३) धादिङको शत प्रतिशत चेपाङ जातिको बसोबास भएको गाउँमा हरेक वर्षझै यो वर्ष पनि खानेपानीको अभावमा काकाकूल झैं आकास हेरेर बस्न बाध्य छन। एक गाग्री पानीको लागि ४ घण्टा उकाली ओराली धाउनु पर्ने पुस्तैनी बाध्यता झेल्दै आएका ब्रोसवाङबासीहरु आकासे पानी बलेसीमा थापेर प्रयोग गर्छन् ।

गाउँमा खेतीयोग्य जमिन पनि छैन र वर्षमा मुस्किलले ४ महिना खान पुग्छ । अशरु समय खानीखोला, महादेव वेसी, गल्छी, त्रिशुली नदी किनारमा गिटी कुटेर जिविका चलाउँछन् । धादिङ, चितवन र मकवानपुरको त्रिकोणात्मक विन्दुमा रहेको ब्रोसबाङ भण्डारा थाकलटार मलेखु सडकखण्डको बीच भागमा रहेको छ । ब्रोसबाङ गाउँ ब्रोसबाङ शिखरको उत्तर जिल्लाका ब्रोसबाङ शिखरको वरपर चेपाङ समुदायको बसोवास रहेको छ ।

राजा महेन्द्रले चेपाङ समुदायलाई ‘प्रजा’ थर प्रदान गरेको बताइन्छ । कतिपयले आजभोली प्रजा भनाउँछन् । चेपाङ भाषामा ‘ब्रोस’को अर्थ ‘चुचुरो’ र ‘वाङ’ शब्दको अर्थ ‘ढुङ्गा’ हो सबैभन्दा चुचुरो ढुङ्गा अर्थबोध हुनेगरी सो शिखरको नाम ‘ब्रोसवाङ’ भएको छ । सधै झै यो वस्ती स्थानान्तरण गर्ने कुरा गएको चुनावमा पनि उठ्यो र चुनाव सकिएपछि हराएको छ ।

स्वास्थ्य सुविधा, यातायात, शिक्षा कुनै पनि आधारभूत आवश्यकता उपलब्ध नभएको ब्रोसवाङमा कोरोना जिवाणुको कारण ज्यामी कामसमेत नपाउँदा भोकमरी लागेको छ । तर सरोकार वालाहरुको ध्यान पुगेको छैन । जंगलका गीठा, भ्याककुर पनि सकिए, अव के खाएर ज्यान बचाउने होला ? बुद्धिराम प्रजा चिन्ता गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *