गहुँ थ्रेसिङ गर्ने क्रममा पट्टामा बेरिएर एक युवतीको मृत्यु

कञ्चनपुर, २६ चैत्र । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरको पट्टामा बेरिएर एक युवतीको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मंगलबार साँझ कलुवापुरकी २२ वर्षीया रेवती पाण्डेय जोशीले प्रयोग गरेको चुन्नी (दोपट्टा) गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरको पट्टामा बेरिँदा उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उपचारका लागि कैलालीको धनगढी स्थित निसर्ग हस्पिटल पुर्याइए पनि उपचार सम्भव नभएपछि रेवतीलाई थप उपचारका लागि कोहलपुरतर्फ पठाइएको थियो । यद्यपि उहाँको बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *