गाउँपालिकाले जेष्ठ नागरिकलाई दाँत उपहार दिने

ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई दाँत उपहार दिने भएको छ । गाउँपालिकाले जेष्ठ नागरिक दाँत उपहार कार्यकम २०७६ अन्तर्गत दाँत उपहार दिने भएको हो । दाँत उपहार दिने कार्यक्रम चम्पादेवी गाउँ पालिकाको घोराखोरीमा चैत ३ र ४ गते राखिएको छ ।

कार्यक्रममा ६० वर्ष माथिका दाँत झरेका वृद्ध वृद्धाहरुलाई नि:शुल्क दाँत सेट लगाइदिने, सबै उमेर समूहका नागरिकलाई निशुल्क खुद्रा दाँत लगाइ दिने, दाँत निकाल्ने तथा परामर्श दिइने भएको छ । गाउँपालिकाले यो सेवा दिँदा गाउँपालिका भित्रको नागरिक लाई मात्रै सेवा दिने जनाएको छ । जसका लागि नागरिकता अनिवार्य मानिएको छ ।

कार्यक्रम पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालिको प्राविधिक सहयोग तथा प्रदेश नंं१ सामाजिक विकास मन्त्रालय र हेल्पिङ युथ इटहरीसँगको सहकार्यमा चम्पादेवी गाउँपालिकाले आयोजना गर्न लागेको हो । गाउँपालिकाले जेष्ठ नागरिक दाँत उपहार कार्यकम २०७६ अन्त र्गत चैत ३ र ४ गते दाँत उपहार दिने कार्यक्रम राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *