गायक अमृत गुरुङले भने- ‘यो स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार’

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भए । विद्युत् प्राधिकरणबाट कुलमान बिदा भएको कुरा धेरैलाई चित्त बुझेको छैन। उनको पुन र्नियुक्तिका लागि सर्वासाधारण देखि कलाकार समेतले अभियान नै चलाए । कुलमान घिसिङको पक्षमा माइतीघरमा प्र’दर्शन समेत भइरहेको छ ।

यस्तै गायक अमृत गुरुङलाई पनि कुलमानको बिदाइले खिन्न बनाएको छ । उनले सो कुरा आफ्नो फेसबुक पेजमा लेखेका छन्। बुधबार अपरान्ह अमृत गुरुङले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘अस्ति कुलमान फेरि नियुक्त हुने समाचारले खुसी भएको थिएँ, अहिले कुलमानको बिदाई समाचारले खि’न्न भएँ । म उनलाई चि’न्दिनँ, मैले उनको काम चिनेको हुँ ।

राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्र्याको शिकार हुने परिपाी सुरु भएको हो भने अब त्यो पनि भन्न भएन । स्वतन्त्रता छि’नेकोमा धन्यवाद सरकार।’ उनले लेखेको पोस्टमा एक घण्टा नबित्दै ५१ सय बढीले रियाक्ट गरेका छन् भने ७९ जनाले कमेन्ट गरेका छन् । यस्तै १ सय ३० बढीले सेयर पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *