गोल हान्न खोजेका थियौ, पोलमा ठोक्कियो-महेश बस्नेत

काठमाडौं । महोत्तरीका सांसद सुरेन्द्र यादवलाई अ प हरण नभई नेकपामा ल्याउन राजधानी काठमाडौं ल्याएको सांसद महेश बस्नेतले बताएका छन् । समाजवादी पार्टीका सांसद यादवलाई पाँच दिनअघि महोत्तरीबाट काठमाडौं ल्याएको थियो । काठमाडौं ल्याउन पुगेका नेकपा सांसद बस्नेत र पूर्वआईजिपी सर्वेन्द्र खनाललाई समाजवादी पार्टीले अ,प हरण गरेको आरोप लगाएको छ ।

आरोपको खण्डन गर्दै सांसद बस्नेतले अ,पह रण गरेको पुष्टी गर्न डा. बाबुराम भट्टराई खुल्ला चेतावनी दिएका छन् । ‘मधेस केन्द्रीत केही दलका ११ सांसदहरु पार्टीबाटै अन्यायमा पर्नु भएको थियो, उहाँहरुले पार्टीबाट वि.द्रा.ह पनि गर्न खोज्नु भएको थियो । वि,द्रो,ह गर्न चाहने सांसदहरुलाई नेकपामा ल्याउन हामी महोत्तरी पुगेका थियौ’, सांसद बस्नेतले प्रश्न गर्दै भने ‘हामी उहाँको घरमा लामो समय बस्यौ र काठमाडौ आउँदा हामी तीन जना थियो, उहाँहरु ७ जना हुनुहुन्थ्यो, ३ जनाले ७ जनालाई अ,प हरण गर्न सक्छ ?’

मधेस केन्द्रीत दलबाट वि,द्रो ह गर्न चाहने सांसदहरुलाई आफुले सहयोग गरेको बस्नेतले बताएका छन् । तर आफ्नो सहयोग सफल भने हुन नसकेको उनले स्वीकार गरे । ‘सधै बल गोल पोष्टमा पुग्छ भन्ने छैन, यतिबेला गोल बाहिरी पोलमा लाग्यो, गोल हुन सकेन’, उनले भने ‘उहाँहरुलाई नेकपामा ल्याउने मेरो प्रयत्नलाई बाबुरामले अ,प,हर,णको संज्ञा दिए,प्रमाणित गर्न चुनौति दिन्छु ।’

नेता बस्नेतले मधेस केन्द्रीत ११ सांसदकै आग्रहमा प्रधानमन्त्रीले अध्यायदेश ल्याएको बताए । ‘उहाँहरुले आग्रह गर्नुभयो, हामीलाई थिचोमिचो भयो, त्यसको निकास खोच्न चाहन्छौ, तपाईले सहयोग गरिदिनुपर्यो भने प्रधानमन्त्रीले पनि त्यही गर्नु भयो’, सांसद बस्नेतले भने ‘पार्टी विभाजन गर्ने उदेश्य पुरा हुन नदेखेपछि सुरेन्द्रजीले अ,प,हरण र असुरक्षाको नाटक गर्नुभएको हो । उहाँलाई अ,प ह रणको नाटक गराउन बाबुरामजी लाग्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *