ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक जना नेपाली सहित पाँच जनाकाे ज्या’न गयाे

यूएई – संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीमा एकजना नेपालीको ज्या’न गएको छ। आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर प’ड्किँ दा त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवरको ज्या’न गएको हो । गएको भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घ’टनामा परि एक नेपाली सहित अरु पाँच जनाको ज्या’न गएको कम्पनीले जनाएको छ ।

दु’र्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रिलंन नागरिकको ज्या’न गएको स’म्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी गराएका छन। केएफसी रेस्टुरेन्टमा धेरै नेपाली काम गर्ने भएकाले घटनापछि नेपाली दूतावास ले समेत चाँसो दिएको र एक नेपालीको ज्या’न गएको कम्पनीले जानकारी गराएको नेपाली दूतावास आबुधावीले जनाएको छ ।

घटनामा ज्यान गुमाएका नेपालीको श,व दु’र्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पु’रिएको अवस्थामा भेटिएको थियो। सोही घटनामा केएफसीको छेवैमा रहेको सोही कम्पनीको हार्डडिस रेस्टुरेन्टमा सुपरभाइजरको रुपमा कार्यरत फूलबारी ९ ताप्ले जुङका अर्जुन चुडाल घा’इते हुनुभएको थियो । उहाँ उपचारपछि निको भएर काममा फर्किसक्नु भएको छ ।

मृ,तक कुँवर गएको दुई वर्षदेखि अमेरिकाना कुवेत फुड कम्पनी अन्तर्गत केएफसी रेस्टुरेन्टमा कार्यरत हुनुहुन्थ्याे । त्यस रेस्टुरेन्टमा झण्डै १५ जना नेपाली कार्यरत छन् । घ’टना बारे अनुसन्धान चलिरहेकाले कानुनी प्रकृया पूरा गरेर मृ,तकको श,व नेपाल पठाउन दूतावासले समन्वय गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *