घट्यो लसुनको मुल्य, हेर्नुहोस् कुन तरकारीको मुल्य कति ?

काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकामा केहि तरकारीको मूल्यमा घटबढ भएको छ । आज धेरैजसो तरकारीको मूल्य बिहीबारकै मूल्यमा किनबेच भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार समीतीका अनुसार लसुनको खुद्रा मूल्य गएको साता भन्दा कम मूल्यमा किनबेच भइरहेको छ । आज लसुनको मूल्य किलोको २४० रुपैया देखि २५० रुपैयाका किनकेच भइरहेको छ । त्यस्तै आज भारतीय सुकेको प्याज प्रतिकिलो ९० रुपैयाँमा किनबेच भएको छ ।

त्यसैगरी आज अदुवा किलोको खुद्रा मूल्य १६० रुपैया, गोलभेडा किलोको ५० रुपैयाँ, रातो आलु किलोको ५० रुपैयाँ, भेडे खुर्सानी किलोको १४०, लोकल बन्दा किलोको ४० रुपैयाँ, फर्सी किलोको ७० रुपैयाँ, मेथी र चम्सुरको साग किलोको ४० रुपैयाँ र स्थानीय काउली किलोको ७० रुपैयामा किनबेच भइरहेको छ । त्यस्तै भिण्डी किलोको १३० रुपैयाँ, लोकल गाजर किलोको ५० रुपैयाँ, भिण्डी किलोको १३०, बरेला किलोका ९० , पिंडालू किलोको ७० र स्कूस किलोको ६० रुपैयामा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *