घर जाने प्रतीक्षामा क्यान्सरका बिरामीदेखि मजदुरसम्म भन्छन- भोकभोकै मर्नुभन्दा घर फर्कनु नै बेस

भक्तपुरको जगातीस्थित सडक किनारामा सोमबार टाँगेको पालमुनि फराकिलो म्याट्रेस बिछ्याइएको देखियो । म्याट्रेसमाथि झोला बिसाएर सयभन्दा धेरै यात्रु बसेका थिए । घर फर्कन बसको प्रतीक्षामा रहेका उनीहरू घरी हुइँकिँदै गरेको ट्रक रोक्न सडक किनारसम्म पुग्थे, घरी फोनसमेत नउठाएको भन्दै जनप्रतिनिधिविरुद्ध आक्रोश पोख्थे ।

घर जान भनी हिँडेका मानिसको भिडमा भेटिइन्, ताप्लेजुङ श्रीजंघा–५ तेल्लोकी ४४ वर्षीया सीता अधिकारी। स्तन क्या’न्सरबाट पीडित उनमा शनिबार मात्रै किमोथेरापी चढाइएको थियो। भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत उनलाई चिकित्सकले आइतबार नै घर जान सल्लाह दिएका थिए । उपचारका क्रममा १९ लाख रुपैयाँ रित्तियो । घर जान खर्च नभएपछि उनलाई अस्पतालकै बिरामीका कुरुवाले चन्दा उठाइदिए ।

त्यही पैसा लिएर उनी श्रीमान्सँगै जगाती त आइ पुगिन्, तर जाने टुंगो नभएपछि म्याट्रेसमै लम्पसार परिन् । क्या’न्सरको उपचार गराउन उनी फागुनमै काठमाडौं आएकी थिइन् । नजिकै रहेका उनका श्रीमान्ले नयाँ पत्रिकासँग भने, ‘श्रीमतीको क्या’न्सरको उपचार गर्दा १९ लाख सकियो । शनिबार पनि उधारोमा किमो चढाएका छौँ । तर, अस्पतालले हिजै (आइतबार) घर जान भन्यो ।

खर्च नभएपछि चन्दा उठाइयो । अब घर जान पाइन्छ कि भनेर यहाँ आइयो । तर, जाने टुंगो अझै लागेको छैन ।’ झापासम्म मात्रै पुग्न सकिए पनि श्रीमतीलाई बचाउन सकिने उनी बताउँछन् । तर, सोमबार साँझसम्म पनि जाने टुंगो नलाग्दा उनी बेचैन देखिए । काठमाडौंमा चिनजानका कोही नभएको बताउँदै उनले भने, ‘झापासम्म मात्रै पुग्न सकिए पनि हुन्थ्यो ।

त्यसपछि जसोतसो ज्यान बाँच्थ्यो । तर, त्यहीँसम्म जाने मेसो मिलेन । यति वेला हामीसँग बस चढ्ने खर्च त के, खानका लागि समेत पैसा छैन ।’ उपचारकै क्रममा देश लक डाउन भयो । अस्पतालले उपचार जारी राखे पनि को;रोना भाइरसको त्रासका कारण उपचार नसकिँदै घर पठाउन सल्लाह दियो । आजको नया पत्रिका दैनिकमा टेकराज थामीले लेख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *