घर सर्ने तयारी गर्दै थिएँ, विस्फोट भयो : गोकुल बास्कोटा

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले आज (बुधबार) बिहानै आफ्नो निर्माणाधिन घरमा भएको बम विस्फोटको घटना छानबनि गरी सत्यतथ्य बाहिर आउनुपर्ने बताएका छन्। बिहान पौने ८ बजेतिर भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा ठूलो आवाजसहित बम विस्फोट भएको हो। विस्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएका छन्।

घटनापछि नेपालखबरसँग प्रतिक्रिया दिदैँ बास्कोटाले भने, ‘छानविन हुनुपर्यो, सत्यतथ्य बाहिर आओस। सम्बन्धित निकायले छानविन गरोस्।’ साढे तीन तल्ला घरको एक तल्लाको काम सकाएर बाँकी काम जारी थियो। निर्माण सकिएलगत्तै बास्काेटा घर सर्ने तयारीमा थिए।

मन्त्रीभएयता बास्कोटा भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीकाे नीजी निवासमा बस्दै आएका छन्। ‘निर्माणाधीन घर थियो। निर्माण सम्पन्न भएपछि सर्ने योजनामा थिएँ,’ बास्कोटाले नेपालखबरसँग भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *