घेत्मा गाउकाे आत्म कथा

कर्णाली प्रदेश रुकुम पश्चिम जिल्लाअन्तगर्त अाठबिसकाेट नगरपालिकाकाे १३ र१४नम्बर वडामा हाल अबस्थित छु।घेत् मा वारि पारि डाडा बिचमा खाल्डाे(खाेल्साे) भककाेले मगर भाषामा मलाई घेत्मा नामकरण भएकाे किमदन्ती छ । मेराे सृष्टि काल देखि नै अाप्नै कथाबेथा छ । मेराे अाप्नै गतिशिलता र स्थिरता छ।म ब्यबहारले काेमल र अरुकाे असाध्यै बिश्वास गर्ने कुरुप, भाैगाेलिक बिकटताले जन्मजात उकुसमुकुस छु।तैपनि मलाई जसले जे भन्छ तेतै गासिन्छु म ईमान्दार र साेझाे भएकै कारण टासिन सिकेझै भैराछ ।म पञ्चायत हुदाअाठबिस डाडगाउ काे बडा नं २,३,,४ र५ थिए। तेसबेला पनि छेउमा थिए।

तैपनि म सन्ताेष लियर धैर्यतासंग बसेकाे थिए। म सृस्टिमा जस्ताे थिए तेस्तै भए। पछि २०३९सालकाे गाउँ पञ्चायतकाे बिभाजनमा अाठबिस डाडागाउबाट अलग्याएर स्वतन्त्र घेत्मा गाउँ पञ्यायत बनाइयाे४ अाेटा वडाबाट नाैअाेटा वडा बनाईयाे। अब म केही गतिसिल बन्न तैपनि प्रयासरत रहे तर मलाइ पछेउथ्याेर कसले? बिद्यालयहरुकाे स्थापना, स्वस्थ्य चाैकि, हुलाक सरकारि संस्थाकाे स्थापना भयाे। अन्य बिकासका पूर्बाधार थाती नै रहे।मलाई पनि मेराे दिदी बहिनी दाजु भाइ जस्तै परिबर्तन भयर उनिसंगै हिड्ने रहर नभयकाे त कहाँ हाेर तर परिस्थिती अनुकुल रहेन ।

२०४६सालकाे जनअान्दाेलन पछि देशमा पञ्चायत ब्यबस्था समाप्त भै देशमा बहुदलीय ब्यबस्थाकाे सुरवात भयाे स्थानीयरुपमा केही संरचनागत परिबर्तन भयाे।जनप्रधीनिधि, जनतामा केही जाेस, जागर अब हामी केही गर्छाै भन्ने हाेडबाजी चल्याे याे अबस्था देखेर म पनि परिबर्तनकाे अासले खुसि भए अब मेराे कुरुपता, शारीरिक अपाङ्गता सुधार हुन्छ मलाई सिंगारका साधन थप हुन्छन र म पनि अरुसंगै हिड्छु भनेर तर त्याेपनि मेराे सपना मात्र भयाे अनि म घाेक्रिय मेराे साेचाई गलत रहेछ ।

 

म भित्र दिनहु दुख र बेदनाका भल बगि रहन थाले।मैले के गर्नु म निर्जिब थिय मेराे कल्पना र मर्का कसले बुझ्थ्याेर?तैपनि अासाकाृ तेन्द्राेमा झुण्डि रहे। यस्तैमा २०५२ साल फाल्गुन देखि देशमा जनयुद्दकाे थालनी भयाे।तेसबेला थुप्रै उथलपुथल भयाे देशमा हाहाकार भयाे युद्दमा मैले एउटा झिजाे नभाचे पनि सरकारी र तत्कालिन जनयुद्द अाबद्द माअाेबादी पक्षबाट मकहा कसैकाे रगतबगेन यहाबाट कसैले मृतुबरण गर्न परेन।देशमा ठुला ठुला परिबर्तन हुदा पनि मलाई सिंगारिनका लागीअबश्यक साधन पाउन सकिन।म प्रतौ सहानुभुतिप्रकट गर्ने काेपाे थियाे र?कहिले काहीँ मेराे छातीमै उभियर स्थानीय देखि केन्द्र सम्मका नेता अायर मिठा नारा सहित मिठा र दुरदर्षी भाषण गरेकाे सुन्थे तेसबेला मेराे छाती र मुटुमा बस्ने सबै नागरिक खुसिले बाजा गाज सहित नाच,गान सहित स्वागत गर्थे म पनि खुसि हुन्थे मेराे पनि सकारात्मक परिबर्तन हुन्छ भनेर ।

अझ मैले माक्स, लेनिन, माअाेत्सेतुङ कतै लिंकन, नेल्सन मणडेला, बि पिकाे समाजबाद र साम्यबादका कुरा गरेकाे सुन्दा मख्ख पर्थे ।अब केही हुन्छ म परिबर्तन हुन्छु म सिंगरिन्छु म अरुसंग देखिन लायक हुन्छु भनेर प्रफुल्ल हुन्थे ।मैले कल्पना गर्थे अब मेरा पखेरा धेत्मा, लटा, हम्पा, ज्यामिरकाेट, फर्साचाैर, सवारी ,पिपलचाैर छेपारे भल्माकाे स्वरुप केहाेला मेरा खाेलानाला जडिबुडि , महाकालकाे मन्दिर,साततलेगुफा, दह, गरेचाैर जंगल, स्थापित बिद्यालय, गरिबीकाृ रेखामुनीका नागरिककाे अबस्था मेराे कल्पनमा घुमिरहन्थे चुमिरहन्थे तर अाखिर केटाकेटिलाइ झिलिमि झिलिमिलि कुन हातमा छ भन्दा फुईखाजा भनझै,,,,, ।मेरा सबै अाशा सेलाउन थाले।

२०६२/०६३ मा देशमा राजनैतिक दलकाे नेतृत्वमा ठुलाे जन अान्दाेलन भयाे र देशमा राजतन्त्र समाप्त भै गणतन्त्रकाे स्थापना भयाे देशमा संबिधान सभाकाे निर्बाचन भै जनताबाट निर्बाचित प्रतिनिधिबाट २०७२ असाेज ३; गते संघीय लाेकतान्िक गणतनत्र संविधान लागू भयाे म निकै खुसि भए बिस्वमा उतकृषठ संविधान बन्याे र कार्यान्वयन भयाे भनेर ।अबत सबैबाट भाषण र नरा मनैछुने, मुटु पग्लने सुन्दा मेराे सबै अस्थि पञ्जर पनि साेरटि र सिंगारु ,पैसरुकाे तालमा नाच्न थाले खुसिकाे सिमा रहेन म बिचराे घेत्मा।देशमा संविधान अाईसकपछि स्थानीय प्रदेश र संघीय निर्बाचन भै संघीयता कार्यान्वयनका लागि कानुन निर्माणभै संघीयताकाे कार्यान्वयन भै राखेकाे छ ।

अब मेरा बिकसित हुने कल्पना र चाहान फेरि पनि बुकुरकी मार्न थालेकै हुन तर म बिकट छु मेराे भूबनाेट अप्ठेराेछ तेसैले म अाफैलाई सराप्छु ।अझैपनि मलाइ ती भाषण र नाराकाे फेरीपनि स्मरण हुन्छ। अब उत्कृष्ठ संबिघान, निर्बाचित प्रतिनिधि अब सार्बभाैम जनतामा निहित हुने भनेकाले जनता रैतीबाट नागरिक बन्ने सूचनाले अझै गद् गद भए।म पनि अनेत्र झै सुन्दर र सुगम बन्छु मेराे पाखा र पखेरामा बस्ने सबै नागरिक गाँस बाँस कपास र राेजगारीबाट टाढा हुदैन म पनि स्वर्गकी काल्पनिक परी हुन्छु भन्दै थिए ।

स्वाबिमानी, परिश्रमी जनता देखि सरकार सम्मइमान्दार बनायर मेरा सन्ततीलाई खुसि बनायर समस्यारहित बनाउछु भनेर मैले अाफ्नै याेजना काेर्छु।तर मेरा सपना र कल्पना सार्थक हुन न सकेकाे तिताेलसत्यहाे म पहिले भन्दादतेति फरक हुन सकिन। यस्तै अबस्थाले मलाइ दिक्क बनाउछ जति भनेनी काेइलली,जुरेली, बनका मृग खाेलानाला संगमात्र रमाउछु मेराे छातीमा बसेका नागरिककाे दशा उस्तैछ। मेराे कुरुप उस्तैछ ।

म गतिसिल हुन सकिन ामेरा सबै सन्तान निरास बन्दै छन कतिखेरत म भुपी सेरचनकाे घुम्ने मेचमा अन्धाे मान्छे, भानुभक्तकाे डिठ्ठाबिचारीलाई बिन्ती, महाकबि देबकाेटाकाे मुनमदन, भैरब अर्यालकाे जयभूडी, बिपि काेइरालाकाे दाेषी चस्मा सम्झन्छु मलाई देखेर नै रचना सृजित भए हाेलान ।जेहाेिस म अात्तीएकाे छैन खान नहुने हरेश भनेझै बाकी छ तर मसंग बस्ने मेरा छातीका सन्तान दिनहु गरिबी , भाेक अशिक्षा र पछाैटेपनबाट ग्रसित हुदा दुख लाग्छ किन बिकासले गति लिदैन, किन सबै नागरिक सचेत हुदैनान यहि संमझदा भक्ककानाे छुट्छ तर मेराे ब्यथा कसले हेरिदिन्छ ।अब मैले सबै अाश बिर्सि सकेकाेछु मेरासबै ईच्छा चाहान हराइ सकेका छन। अन्तिम बिनम्र अनुराेध यदि मान्नु हुन्छभने संघीयदेखि स्थानीय जनपर्धीनिधि र मेरा काखमा बसाेबास गर्ने सबै नागरिकले कुरालेलमात्र हैन कामले मलाई सच्याइ दिनाेस।

मेरा सन्तान पनि सबै सचेत बनेर जनमभूमिकाे भाडा ितर्नाेस।साहास गर्नाेस मैले के लिय हैन के दिय भनेलसाेच्नाेस ।कृपया मलाइ सकारात्मक परिबर्तन गराउनुहाेस ।अब मेरा सत्य सन्तान भय अन्तिम फैसलामा पुग्नाेस।म हेप्पिय भन्नू दरिद्र साेच हाे तैपनि यथार्थ भन्नू सत्य हाे सत्य एकदिन देखियर छाड्छ। अबकाे हल्ला, नारा, भाषणलेकेही हुदैन यी त अस्ति, हिजाे , अाज केही भयन भाेली, पर्सि, निपर्सि पनि केही हुदैन ामेरा सन्तान सबै झुठ्ठा अाश्वासनले कति थेगन सकुन तेसैले हेपा दृष्टीसंग नझुकाै नडराउ साेच्नेले जेसुकै साेचुन हामी अझै ईमान्दार, चरित्रबान, परिश्रमी बनाै हामी अब स्वयम्भुकाे अाखाले न्याय छुट्टेउने भर नपराै राम शाहले न्याय देलान, काेहि पनि काख र पाख हुने छैन नसाेचाै अझै पनि बाेल्नेकाे पिठाे बिक्दाे रहेछनबाेल्नेकाे चामल भन्दा अबत नेपालका गाउँ बासी प्रतेक्ष भेटनेले सेवा नपायर चाेरबाटाेबाटजाने र फाेन मार्फत जानेले पट्याउने भयछन बिचर साेझा नियम संगत चल्नेलाइ के थाह,,,, ।छेउकाे सियाे कुनैबेला माझमा भन्दादभन्दै सधै छेउ याे मेरै सन्ततीकाे कमजाेरि हाे फयदा अरुले लिदैछन ।

म संग, कृषि ,फलफूल उबजनिहुने, पसुपालन, जडिबुटी उत्पादनकाे क्षमता छ मलाइ प्रयाेग गर्नाेस अब टुक्कि लुकाउने उपाय साेच, अाैषधी नपायर ऐया गर्न छाेड्ने अबस्था खाेजाै,सरकारि कर्मचारि बनेर नियम कानुन भुल्नेलाइ खाेजाै सुकिलामुकिला सेवा गार्हि खाेज्नेलाई राेकाै दैनिक भेटघाट हुनेकाे मात्र काम हुने प्रबृतीलाई चिनेर हटाउ अनि मात्र समृद्दकाे कल्पना साकार हुन सक्छ ।परिबर्तनकै चाहानाले बिद्यालय जन्मिएका छन तर अाबश्यक दरबन्दी, पूर्बाधारकाे कमि गरिबीकाेकारण अनेत्र झै प्रतिसप्रधा गर्न सक्तैनान। पिरलै पिरलाेकाे भूमि हु ा म तर पत्याउछर कसले?अब घेत्माबासि सबै सूर्यकाे लाली किरण पूर्बबाट उदाई सक्याे ईमान्दार मेहनति बन स्थानीय देखि संघीय सरकार सम्म घचघचेउ स्वार्थी नबन अरुलाइ पनि बन्न नदेउ कहिले नझुक अरुकाे जालमा बिस्वास नगर।अाफू सुध्रिय अरु सुध्रन्छ, बिकृती, बिसंगतीमा नलाग, अापसमा मिली जुली जन्मभुमिलाइ स्वर्ग बनाई देउ अरुले जेगरेपनि हुन्छ छेउ गाउका केही बुझ्दैनान भन्नेलाई जवाफ दिन सिक कति निउरन्छाै तेसाे गर्दादतिमिलाई कमजाेर सम्झन्छन झनै हेप्छन ती हेपाहरुलाई साेध केदियाै र के लियाै डायरीमा लेख्न लगाउ तेसकाे हिसाब कुनैदिन भूक्तानी हुन्छ भनेर सम्झाउ ।

काम नगरि महात्मा गान्धी, नलडेर बलभद्र, अमरसिह , कबिता नकाेरेर देबकाेटा,बुद्दत्व प्राप्त नगरेर बुद्द, अादर्श नभयर सीता, सगरमाथा नचडेर तेन्जिङ, चन्द्रमा नपुगे, निलअारमष्ट्रङग अादि अादि बन्नेसंग हाेसियार बन म मातृभुमि हु मलाई चलायमनन, गतिसिल बनाउ बिकासका लहरा फिजाइ देउ एक पटक मलाई पनि नेपालका सबै गाउसंग प्रतिष्पर्धा गर्नुछ मेराे मुहार हसाई देउ ।अन्यायकाे बिरुद्दमा सधै हात उठाउ ।

मत घेत्मा गाउँ हु मेराे राेदन र पुकारा सबैले सुनीदेउ मेराे स्वरुपमा बिकास फैलाईदेउ सबै मान्यजनमा अन्तिम अनुराेध अन्तिम पुकारा, मलाई फुलाईदेउ । हैनभने म पैरै पैराे जंगलै जंगल अझै कुरुप भैदिनेछु मरुभुमि बनिलदिनेछु तिम्राे मेराे नाता सधैकाे लागि चुडिनेछ म ईतिहासबनी दिनेछु एका देशकाेकथा भै दिनेछु सबै एकजुट भयर ब्यमतीगत स्वार्थमा हैन सामुहिक स्वार्थमा लाग म सबैकाे पाईला पाईलामा हुनेछु सबैका मेहनती हात चुम्नेछु तिम्राे चरित्र र सत बेबहाकाे कदर गर्नेछु। अनिपाै म तिम्राे साचाे र अादर्श अामा बन्नेछु अाजैबाट कुलत त्याग, सहिमार्ग पैल्याउ सच्चा नागरिक बन अन्तिम अनुराेध अाजैबाट उठ फेरिपनि उठ म बदलिन चाहान्छु धाेकाे पूरा गरिदेउ ।
चिन्ताराम शर्मा
रुकुम पश्चिम
२०७७ /६/१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *